अमेरिकाका घनश्याम भट्टराई र कृष्ण लामिछाने ओएनएफ अन्तराष्ट्रिय कमिटीमा मनोनीत

काठमाडौं, असार ३० । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले दुई जना चर्चित नेतालाई मनोनीत गरेको छ ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षता र नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले घनश्याम भट्टराई र कृष्णप्रसाद लामिछानेलाई अन्तराष्ट्रिय कमिटीको सदस्यमा मनोनीत गरेको हो ।
मनोनीत हुने भट्टराई ओएनएफ अमेरिका महादेश कमिटीका सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ । यस्तै लामिछाने ओएनएफ अमेरिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
बैठकमा ओएनएफ अमेरिका महादेश कमिटीका इञ्चार्जसमेत रहनुभएका सचिवालय सदस्य प्रभु थापाले मनोनीतका लागि प्रस्ताव गर्नुभएको थियो । थापाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकल अन्य बिभिन्न निर्णयसमेत गरेको छ ।



